नेपाल टी-२० लिग: लुम्बिनीको अपराजित यात्रा कायमै

काठमाडौं । नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले अपराजित यात्रा कायमै राखेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी फ्रेन्चाइज लिगको चौथो खेलमा बुधबार लुम्बिनीले सुपर ओभरमा फार वेस्टर्न युनाइटेडलाई सुपर ओभरमा हराउँदै अपराजित यात्रा कायमै राखेको हो ।

नियमित दुई इनिङको खेल एक सय ३७ रनमा बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ रन जोडेको थियो।

लुम्बिनीका लागि मिलान्थाले लगतार दुई छक्का प्रहार गर्दै फार वेस्टसामू खेल जित्न २० रनको लक्ष्य प्रस्तुत गराएका थिए। जवाफमा फार वेष्टले १० रन मात्र बनाउन सक्यो ।