एमबाप्पेको निर्णायक गोलमा पीएसजीको जित, नेमारलाई रातो कार्ड

पेरिस। पीएसजीले बुधवार राती फ्रेन्च लिग फुटबलमा स्ट्रासबर्गमाथि २-१ गोलको कठिन जित हात पारेको छ। घरेलु मैदानमा भएको खेलमा केलियन एमबाप्पेको निर्णायक गोल गरेका थिए ।

६२ औँ मिनेटमा नेमारले दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो।

कतार विश्वकपपछि पीएसजीले पहिलो खेल खेलेको हो। यो खेलमा विश्वकप विजेता लियोनल मेसी सहभागी थिएनन्।

उनी नयाँ वर्षमा मात्र पीएसजीमा सहभागी हुने बताइएको छ। १६ खेलबाट ४४ अंक भएको पीएसजी तालिकामा दोस्रो स्थानको लेन्सभन्दा ८ अंकले अगाडि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here