भारतमा पूर्व मुख्यमन्त्रीको रोड शोमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

एजेन्सी । पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा ८ जनाको ज्यान गएको छ । आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यमा भएको भागदौडमा मृत्यु हुनेमा एक जना महिला पनि छन् ।

जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो ।

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तेलुगु देशम पार्टीले घटनामा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँको दरले राहत प्रदान गर्ने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here