आहा रारा गोल्डकप:धरानको क्वाटरफाइनलमा, आयोजक सहारा बाहिरियो

काठमाडौं । धरान फुटबल क्लब २२ औं आहा-रारा पोखरा गोल्डकप क्वाटरफाइनलमा पुगेको छ ।

उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै धरान क्वाटरफाइनलमा पुगेको हो ।

धरानलाई जिताउन प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल नै निर्णायक भयो ।

दोस्रो हाफमा धरानमाथि दबाब बनाए पनि गोल चुमाउन नसक्दा आयोजक पहिलो खेलबाटै बाहिरिनु परेको छ ।

२२ औं संस्करणको आहा रारा गोल्डकपको शुक्रबार हुने दोस्रो खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच पोखरा रंगशालामा हुनेछ ।

आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here