आगामी तीन दिन अत्यधिक चिसो बढ्ने, सितलहरको उच्च सम्भावना

काठमाडौं । पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिन अत्यधिक चिसो बढ्नेछ ।

विज्ञहरूले तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने सुझाव दिएका छन् ।

पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here