झुम्का बजारमा बनाइयाे ‘सेल्फी ब्रिज’, प्रदेशसभा सांसदले गरे उद्घाटन

सांकेतिक तस्वीर

काठमाडाैं, १९ साउन । सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ ।

पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन् । २९ लाख ७० हजार रूपैयाँकाे लागतमा उक्त सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले बताए ।

फलामे सो पुलमा स्थानीयवासीले सेल्फी खिच्ने हुँदा त्यसलाई सेल्फी ब्रिज भनेर नामकरण गरिएको हो ।

कोइरालाको सांसद विकास कोषको रकमबाट रु २४ लाख ७५ हजार र जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी जम्मा रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिजको निमार्णकार्य सम्पन्न हो । उद्घाटन कार्यक्रममा रामधुनी नगरप्रमुख जयप्रकाश चौधरी, सांसद ज्योति सुब्बा, रामधुनी काङ्ग्रेसका नगर सभापति सुदीप अधिकारीलगायतको सहभागिता रहेको थियो । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here