‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका कार्की, देखिँदैछन् यी नयाँ अनुहार

काठमाडौं । ‘मुन्द्रेको कमेडी क्लब’ मा प्रियंकासहित अन्य नयाँ कलाकारहरुको ‘इन्ट्री’ हुने भएको छ ।

पहिलो संस्करणमा दीपाश्री निरौला र दोस्रो संस्करणमा करिश्मा मानन्धर अध्यक्ष रहेपनि यसपटक भने प्रियंका कार्की नयाँ अध्यक्षमा देखिने भएकी छिन् ।

शोमा यो पटक दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना थपिँदैछन्। उनीहरूसँगै राजेन्द्र नेपाली ‘लट्टे’, र एलिना बास्कोटाको प्रस्तुति रहनेछ। मुन्द्रेको कमेडी क्लबलाई दिनेश डिसीले निर्देशन गर्नेछन्।

वुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा जितु नेपालको उक्त शोको प्रोमो छायांकन गरिएको थियो । उक्त प्रोमोको छांयाकनको दौरान प्रियंका अध्यक्ष रहेको कुरा बाहिरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here