बार्सिलोनालाई झड्का, मुख्य हतियार लेवान्डोस्कीमाथि तीन खेल प्रतिबन्ध

एजेन्सी । बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीमाथि तीन खेल प्रतिबन्ध लागेको छ।

स्पेनिस फुटबलमा अनुशासन हेर्ने विभाग टीएडीले दुई महिनाअघि ओसासुनाविरुद्ध रातो कार्ड खाएको आधारमा तीन खेलको प्रतिबन्ध लगाएको हो ।

लेवान्डोस्कीमाथि लागेको प्रतिबन्धविरुद्ध अपिल गरेको थियो। तरपनि, उनीमाथिको प्रतिबन्ध फुकुवा भएन।

यससँगै ब्रार्सिलोनाका मुख्य हतियार रहेका पोलिस स्ट्राइकर लेवान्डोस्कीले आइतबार हुने एट्लेटिको म्याड्रिडविरुद्धको महत्वपूर्ण खेलसमेत गुमाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here