आहा ! रारा गोल्डकपको उपाधि संकटा क्लबलाई

काठमाडौं । संकटा क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।

पोखरा रंगशालमा भएको खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टसलाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १ सय १७ औँ मिनेटमा सुनिल बलले गोल गरेपछि संकटाले उपाधि जितेको हो ।

विजेता टोलीले रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भुटनिज युथ क्लबले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here