पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री प्रचण्डले विहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए।

सोही निर्देशन अनुसार निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटाइएको निगमले जनाएको छ । 

मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here