पब्जी विश्वकपमा नेपाली टिम ‘डीआरएस’ उपविजेता

काठमाडौं । नेपाली पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको व्यावसायिक पब्जी टोली डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो।

विजेता एसटुजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ ।

उसले ११२ अंक जोडेर १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।

यसअघि डिआरएसले गत महिना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो। डिआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन्। टिमका सीइओ भिक्टर पौडेल हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here