एकीकृत कारोबार शुरु गर्दै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आज बाट ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको छ। 

दुवै बैंकले गत मंसिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । यसअघि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेसँगै दुबै बैंकका साधारणसभाबाट मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो।

मर्जरपछि एकीकृत वित्तीय कारोबार सुरू गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द गरिएको थियो।

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ। 

मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको दाबी बैंकले गरेको छ। 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here