शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक, अनलाइनबाट आवेदन दिने व्यवस्था

काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त माग गरेको छ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

सोमबारदेखि आवेदन फारम भर्न सकिन्छ। 

दरखास्तका लागि https://online.tsc.gov.np/ मा गएर सबै विवरण भर्नुपर्ने आयोगले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here