‘अर्थतन्त्र सुधारका लागि सरकार अघि बढेको छ’ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन् । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ’ उनले भने, ‘त्यसमा विभिन्न निकायसँग छलफल गर्दै छौं ।’

युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग तथा मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको समेत जानकारी दिए ।

यसका लागि अर्थमन्त्री, गभर्नरसँग पनि छलफल गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here