सुनको भाउमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्यमा किनबेच

,
काठमाडौं, २५ पुस । सोमबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुन प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सुनको मूल्य २०७८ को साउनमा हालसम्मकै उच्च १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । आइतबारको तुलनामा आज सुनको भाउ अघिल्लो दिनको भन्दा प्रतितोला ६ सय रुपैयाँले बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दा त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार कारोबार मूल्य तोलाको १३ सय ९० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको हो।

१५ रुपैयाँ बढ्दा आइतबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८७५.९५ डलर छ भने चाँदी प्रतिऔंस २३.९७ डलरमा छ । आइतबार सुन प्रतिऔंस १८६६.१३ डलर र चाँदी २३.८४ डलरमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here