डिजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

काठमाडौं । डिजी पे प्रा.लि. र २१st टेक प्रा.लि. बीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बानेश्वरस्थित सामाजिक संजालको डिजिटल मार्केटिंग तथा वेबसाइट र एप बनाउने एक उत्कृष्ट संस्था सँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसाय आबद्ध योजना अन्तर्गत डिजी पे मा आबद्ध हुने सम्पूर्ण व्यावसायीहरुले डिजिटल मार्केटिंग द्वारा आफ्नो बजार विस्तार गर्न सक्नु हुनेछ ।

द्दज्ञकत टेक प्रा लि को सौजन्य रु. ३०,००० पर्ने प्रिमियम प्याकेज मात्र रु. १५,००० मा गर्न सक्नेछ साथै वेबसाइट र एप तथा अन्य विभिन्न सेवाहरु आफ्नो व्यावसायिक आवश्यकता अनुसार, ५० प्रतिशतसम्मको छुटमा बनाउन सक्नेछ ।

२१st टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालका अनुसार यस सहकार्यले सबै डिजी पे मा आबद्ध व्यावसायिलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताए र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुशी व्यक्त गरेकी छिन् । उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।

त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले द्दज्ञकत टेक प्रा.लि. जस्तो एक प्रतिष्ठित संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए ।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत डिजिटल मार्केटिंग क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको जनाए । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधाहरु दिने योजना रहेको बताए ।

सम्झौतापत्रमा २१st टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष सुश्री निलिमा दाहाल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा द्दज्ञकत टेक प्रा लि र डिजी पे का विभिन्न व्यक्तित्वहरु पनि उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here