रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

एजेन्सी । रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । ​

साउदी अरबको रियादमा गएराति सम्पन्न फाइनल खेलमा गत विजेता रियललाई ३–१ गोल अन्तरमा हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलमा बार्सिलोनालाई उपाधि दिलाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक/एक गोल गरे ।

रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काए । बार्सिलोनाले पछिल्लोपटक सन् २०१८ मा सुपर कपको उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here