रोनाल्डो र मेस्सी आमने-सामने हुँदै, रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने भएका छन्।

अलनासर र अलहिलालको खेलाडीले बनेको साउदी अलस्टार ११ को कप्तानको जिम्मेवारी रोनाल्डोले पाएका हुन्।

सोमबार राति रोनाल्डोलाई कप्तानको ब्यान्ड लगाइएको भिडियो सार्वजनिक भएको थियो। बिहीबार पीएसजीसँग अलस्टारले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

अलनासरसँग जोडिएपश्चात् यो रोनाल्डोको पहिलो खेल हुनेछ । यससँगै फुटबलका दुई महान् खेलाडी रोनाल्डो र लिओनल मेस्सी आमने-सामने हुनेछन्। सन् २०२० मा नाउ क्याम्पको दौरान रोनाल्डो र मेस्सी आमने-सामने भएका थिए।

खेल रियादस्थित किङ फाहद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here