डा. सन्दुक रुइतलाई १० लाख डलरको प्रतिष्ठित इसा अवार्ड

काठमाडौं । नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड पुरस्कार दिइने भएको छ । हराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कार यो वर्ष उनलाई दिन लागिएको हो ।

मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो पुरस्कार २०१३ देखि दिन थालिएको थियो ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

मंगलबार डा. रुइतका नाममा घोषणा भएको इसा अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड हो ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here