प्रतितोला ६ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं ४ माघ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ ।

मंगलबार तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज १ लाख ४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here