६ वटा विकास बैंक र ४ फाइनान्स राष्ट्र बैंकको कारवाहीमा, तिर्न लगायो हर्जाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र ४ वटा फाइनान्स माथि विभिन्न नियम मिचेको ठहर गर्दै कारबाही गरेको छ।

आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि कारबाही गर्दै हर्जाना तिर्न लगाएको हो।

राष्ट्र बैंकले फाइनान्स कम्पनी तर्फ नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स, र प्रोग्रेशिभ फाइनान्सलाई नगद जरिवाना गरेको हो ।

राष्ट्र बैंकले अनिवार्य मौज्दातमा कर्णाली डेभलपमेन्ट बैंक र सालपा विकास बैंकलाई हर्जाना तिराएको छ। कर्णाली डेभलपमेन्ट बैंकलाई पहिलोपटक ७०६.६२ रुपैयाँ र दोस्रोपटक ३२ हजार ६९६.०२ रुपैयाँ तथा विपन्न वर्ग कर्जामा १ लाख ५२ हजार ९२९.८८ रुपैयाँ र सालपा विकास बैंकलाई ३५३.९० रुपैयाँ हर्जाना तिरेको छ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंकले साउनमा ४ लाख ६३ हजार ७९४ रुपैयाँ १७ पैसा र भदौमा ५ लाख १६ हजार ३०७ रुपैयाँ ९८ पैसा र सप्तकोशी डेभलपमेन्ट बैंकले साउनमा २१ लाख ८० हजार ६६३.१९ रुपैयाँ र भदौ २८ लाख ९७ हजार ३५४ रुपैयाँ ६१ पैसा जरिवाना राष्ट्र बैंकलाई तिरेका छन्।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले कर्जा निक्षेप अनुपातमा साउनमा पहिलोपटक र भदौमा दोस्रोपटक जरिवाना तिरेका छन्।

यस्तै, कर्जा निक्षेप अनुपातमा कर्पोरेट डेभलपमेन्ट बैंकले साउनमा २० लाख १३ हजार ३ रुपैयाँ ३५ पैसा र भदौमा २३ लाख १४ हजार ४९३ रुपैयाँ ७२ पैसा, सिन्धु विकास बैंकले साउनमा १ लाख २६ हजार ३८४.५७ रुपैयाँ र भदौमा १६ लाख ९९ हजार १५१.३७ रुपैयाँ जरिवाना तिरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here