फेरि ओरालो लाग्यो शेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार

काठमाडौं, ४ माघ । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)९.१अंकले घटेर २१७३.१० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४८ कम्पनीको ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये तीन समूह बाहेक अरु सबै उपसमूहको परिसूचकमा राताम्मे भएको छ ।

झिनो अंकले घटेको बजारमा चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ भने बाराही हाइड्रो, हिमालय उर्जा विकास कम्पनी, ग्रिन भेञ्चर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३५ करोड ७८ रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, अपी पावरको १९ करोड ७६ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here