दोधारा चाँदनी-२ वडा कार्यालयद्धारा न्यानो कम्वल वितरण

दोधारा । दोधारा चाँदनी नगरपालिकामा शितलहरबाट बच्न अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकलाई न्यानो कम्वल बितरण गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयले अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकलाई ५० थान न्यानो कम्वल बितरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम सिंह रावलले जनाएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयका आयोजित एक कार्यक्रमको बिच चिसोबाट बच्न कम्वल बितरण गरिएको वडाध्यक्ष रावलले बताएका छन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष पदम सिंह रावल, वडा सदस्य मनकला खनाल, द्रोपती सुनार, महाविर धामी, कमान सिंह धामी लगाएत वडाका अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै वडाध्यक्ष पदम सिंह रावलले यस आर्थिक वर्षमा ५० जना अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकलाई चिसोबाट बच्न कम्वल बितरण गर्ने कार्यक्रम रहेको र आगामी दिनहरुमा वडामा रहेका अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकहरुको अवस्था हेरेर उनिहरुको लागी बिभिन्न कार्यक्रम संचालन गर्दै जाने बताएका छन् । जेष्ठ नागरिकहरु हामी सबैको धरोहर रहेको हुदा उनिहरुलाई सहयोग गर्ने वडा कार्यालयको पनि ठुलो दायित्व रहेको बताएका छन् ।

आफुहरुले वडामा रहेका गरिब तथा अशक्तहरुलाई छनौट गरि उनिहरुको लागी शितलहरबाट बच्न कम्वल बितरण गरेको उनको भनाई रहेको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले शितलहरबाट बच्न अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकलाई बितरण गरिएको कम्वल समय सापेक्ष रहेको भन्दै वडा कार्यालयले यस आर्थिक वर्षमा गरेको जेष्ठ नागरिकहरुलाई कम्वल बितरण कार्यक्रमको प्रशंसा गरेका छन् ।

जाडोको मौसममा अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकहरुले कम्वल पाएपछि वडाध्यक्ष पदम रावल र उनका टिमलाई अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकहरुले आशिष दिएका थिए । कम्वल बितरण कार्यक्रम संचालन दोधारा चाँदनी– २ का वडा सचिव नरेन्द्र साँउदले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here