आधा उखु क्रसिङ भइसक्दा सरकारले बल्ल तोक्यो समर्थन मूल्य

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले बुधबार उखुको समर्थन मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको हो ।

करिब ४० प्रतिशत उखु बिक्री भइसकेपछि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको हो ।

त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यस आधारमा अब किसानले प्रतिक्विन्टल ६ सय १० रुपैयाँ पाउनेछन् । यो मूल्य ०७८/७९ भन्दा प्रतिक्विन्टल २० रुपैयाँ बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here