पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: सुदूरपश्चिम र कर्णालीमा पानी पर्ने

काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम ४.२ डिग्री र अधिकमत तापक्रम १५.७ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम-४.३ डिग्री सेल्सियस तथा सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस छ । 

माघ ५ गते (बिहिबार)

दिउँसोː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत  पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम, कर्णाली  प्रदेशका र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ६ गते (शुक्रबार)

दिउँसोː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत  पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली  प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː देशको  पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ७ गते (शनिबार)

दिउँसोː देशको  पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली  प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

 
आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श

देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरुका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका  भू-भागहरूमा  विहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here