हट्यो आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार एकीकृत परिपत्र जारी गर्दै केन्दीय बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जानाकारी दिएको हो ।

अब आयातका लागि व्यवसायीले कुनै पनि प्रकारको नगद मार्जिन राख्नु पर्ने छैन ।

केन्द्रीय बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले लागु गरेको उक्त व्यवस्थाको पछिल्लो समय निजी क्षेत्रले विरोध गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले ५ पुस २०७८ र २६ माघ २०७८ मा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडका बजारौं प्रकारका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here