ग्लोबल आइएमई बैंकको खुद नाफा २ अर्ब ७८ करोड, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा उक्त नाफा आर्जन गरेको हो ।

गत वर्षको यसैअवधिको तुलनामा यसले ४.४७ प्रतिशतले मात्र खुद नाफा वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी ३६.४५% ले बढेर ६ अर्ब ५४ करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा ३.२० प्रतिशतले बढेको छ ।

यता, पुस मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा र कस्ट अफ फन्ड पनि बढेको छ ।

बैंक अफ काठमाण्डूसँग मर्जरपछि चुक्ता पुँजी ३५ अर्ब नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३२ पैसाले घटेर १८ रुपैयाँ ७ पैसा कायम भएको छ ।

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको बैंकको नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ । हाल ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेर एकिकृत कारोबार गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here