सुर्खेतमा जीप दुर्घटना: चार जनाको ज्यान गयो, एक जना घाइते

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका-११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा जीप चालक वीरेन्द्रनगर-७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका-५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका-३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका-३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, २५ वर्षका भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उहाँको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here