नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी २५.२६ रुपैयाँ

काठमाडौं । नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५६.६७ प्रतिशतले बढेको छ ।

चालु आवको पुस मसान्तसम्म बैंकले बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब २३ करोड बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ५६.०६ प्रतिशत बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

हाल २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २५ अर्ब ५७ करोड र रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड संचित छ ।समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १५ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ६.५१ प्रतिशत र कर्जा १७.१३ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ बढेर २५.२६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १९९.१२ रुपैयाँ, बेसरेट १०.१ प्रतिशत, मूल्य आम्दानी अनुपात २८.१९, खराब कर्जा २.९८ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here