सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) विक्रीमा ल्याएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here