राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय/सुझाव, यसरी पठाउनुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि रायसुझाव माग गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।

रायसुझाव राष्ट्र बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा माघ २० गतेसम्म पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ ।

बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना monetarypolicy@nrb.org.np सुझाव तथा राय पठाउन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here