दोहोरो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)१३.७१ अंकले घटेर २१६५.१० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँ बराबरको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । विहीवार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये दुई समूह बाहेक अरु सबै उपसमूहको परिसूचकमा राताम्मे भएको छ । बैंकिङ समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह २.४२ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आदर्श लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सानिमा जीआइसी इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र समृद्धि फाइनान्सका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज कुमारी सर्वाधिक कारोबार भएको छ । यसको २७ बढीको शेयर किनबेच भएको छ । एनआइसी एशिया बैंकको १२ करोड ७५ लाख , त्यस्तै, रिडी पावरको ११करोड ३३ लाख बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here