महाकाली नदीले बगाउँदै गरेको किशोरीको एक युवकले गरे सकुशल उद्धार

दोधारा । महाकाली नदीले बगाउदै गरेको एक किशोरीलाई दोधारा चाँदनीका एक युवकले सकुशल उद्धार गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ निवासी वर्ष २३ कि आशा बस्नेतले आफ्नी आमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाई गएको बेला खाजा पुऱ्याउन जाँदा आज महाकाली नदीले बगाएको थियो ।

उनलाई दोधारा चाँदनी नगरपालिका वडा नं. १० का एक युवक मोहन थापाले सकुशल उद्धार गरेको स्थानियबासीले बताएका छन् । आज अपरान्हमा आशा बस्नेतले खरखडाई गएको बेला आफ्नी आमालाई खाजा पुऱ्याउन जाँदा नदीले बगाउदै गर्दा स्थानिय मोहन थापाले उद्धार गरेको दोधारा चाँदनी– ९ का वडाध्यक्ष गोपीलाल कडेंलले जानकारी दिएका छन् ।

आशा बस्नेत नदीमा झण्डै १ किलोमिटर डुब्दै गरेका अवस्थामा स्थानिबासी मोहन थापाले सकुशल उद्धार गरेको वडाध्यक्ष कडेंलले बताएका छन् । महाकाली नदीमा एक्कासी नदीको बहाव तिब्र भएपछि आशालाई नदीले बगाएको बताईएको छ् ।

देख्ना साथ स्थानियबासी मोहन थापाले आशालाई नदीबाट उद्धार गरेका हुन् । आशाको पेटमा धेरै पानी निकालिएको बताईएको छ् । सामाचार तयारपारुञ्जेल उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचार भईरहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ् । आशाको ज्यान बचाउने युवक मोहन थापाको चौतर्फी प्रशंसा गरिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here