बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध

काठमाडौं । प्रहरीले बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध लगाएको छ । शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउने क्रम बढेपछि खुल्ला भाँडोमा पेट्रोलियम पदार्थ बेच्नेलाई कारबाहीको चेतावनी दिएको हो ।

असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको सूचनामा काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

त्यस्ता पेट्रोल पम्पहरुलाई प्रहरीले सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनी दिएको छ ।

पछिल्लो समय आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने क्रम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here