आचार्यलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन -‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’

phot:ronb

काठमाडौं । संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ।

माइतीघर मण्डलमा बुधबार दिउँसो भेला भई आचार्यको न्यायका लागि प्रदर्शन भएको हो।

आचार्यको आत्मदाहमा राज्य जिम्मेवार भएको भन्दै युवाहरूले ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ भन्दै सचेतसमेत गराएका छन् ।

प्रेमप्रासद आचार्यकाे परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हाे सरकार? याे आत्महत्या हाेइन हत्या हाे? ठुला व्यापारि कस्काे आश्रयमा? स्व.आचार्यका २५ बुँदे माग पूरा गर’ लगायतका पम्प्लेट बाेकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here