पुरुषहरुको तुलनामा महिला बढी मेहनती, सबै क्षेत्रमा पहुँच न्यून

एजेन्सी । महिला र पुरुषबीच ठूलो बिभेदको अवस्था छ। सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पहुँच ज्यादै न्यून रहेको छ।

महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन्। महिलाहरू शारीरिक र शक्तिका दृष्टिले पुरुषभन्दा कमजोर हुने हुनाले पनि यो पुरुष प्रधान समाजले उनीहरूलाई घरधन्दाको साथै बाहिरी कामको समेत जिम्मेवारी थपेको हुन सक्छ ।

तर, महिला र केटीहरूले पुरुषहरुको तुलनामा बढी मिहिनेत गर्ने गरेको एक अध्ययनले देखाएको छ । द कन्भर्सेसनले विभिन्न देशमा सञ्चालन गरेको श्रमको लिंग विभाजनको मानवशास्त्रीय अध्ययनअनुसार उक्त निस्कर्ष निकालेको हो ।

अध्ययनले ग्रामीण चीनको तिब्बती सीमावर्ती क्षेत्रमा खेतीपाती र गोठाला समूहहरूको विश्लेषण गरेको थियो । ‘विवाहपछि पृथक हुँदा कार्यबोझमाथिको बार्गेनिङमा हानि पुर्याउने अध्ययनले भनेको छ । अध्ययन वैज्ञानिक जर्नल करेन्ट वायोलोजिमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here