एनआईसी एशिया बैंकका ग्राहकलाई होटल ह्यारिसनमा ३० प्रतिशत छुट

काठमाडौं, २० साउन । एनआईसी एशिया बैंक र होटल ह्यारिसन प्यालेस बिराटनगरबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकलाई होटलको सेवा सुविधामा ३० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

सम्झौंतामा बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटलका म्यानेजर प्रदीप पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार विराटनगर घुम्न वा अन्य कुनै प्रकारको कामको लागि विराटनर जाने बैंकका ग्राहकहरुले ३० प्रतिशत सम्म छुटको पाउने बैंकले बताएको छ ।

बैंकको देशभर २ सय ९५ शाखा, ३ सय २० एटिएम, ५५ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here