रवि लामिछानेविरुद्धको मुद्दामा आजपनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

फाइलफोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

गत बुधबार बहस नसकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि अर्को पेसी तोकिएको हो । अमेरिकी नागरिकता र राहदानी त्याग नगरी नेपाली नागरिकता र राहदानी लिएको भन्दै लामिछानेविरुद्ध मुद्दा परेको हो ।

रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका थिए ।

बहसका क्रममा उनिहरुले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीहरूलाई अहिलेसम्म नबुझाएकाले नेपाली नागरिकता नै अवैध रहेको तर्क गरेका छन् ।

यसअघि रवि लामिछानेलाई सांसद र मन्त्रीको रुपमा शपथ रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here