प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः शेरचन

काठमाडौं, १३ माघ। प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त भएका छन् ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सिइओ नियुक्त गरेको हो। यससँगै शेरचनले हालै सेञ्चुरी बैंकसँग मर्जर गरेको प्रभु बैंकको नेतृत्व थप चार वर्ष सम्हाल्नेछन् ।

उनीयसअघि सोही बैंकमा सीईओ थिए। शेरचनसँग २ दशकको बैंकिङ अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here