माया खोला हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक साधारण शेयर (आइपीओ) विक्री खुला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ९२ लाख रुपैयाँ बराबरको १९ लाख ९२ हजार कित्ता शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले निष्कासन गर्ने शेयरमा लगानीकर्ताले माघ १७ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै शेयर विक्री नभएमा ढिलोमा माघ २७ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक, तिनका शाखा कार्यालय र ‘मेरोशेयर’मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि कुल १० लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख २० हजार कित्ता र कर्मचारीका लागि ४८ हजार कित्ता शेयर निष्काशन गरिसकेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई ईक्रा नेपालले ‘इक्राएन्पी आईआर बीबी माइनस ’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन क्षमता औसतमा जोखिम रहेको जनाउँदछ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here