नागरिकले मागेको सूचना नदिने अधिकृतलाई १५ हजार जरिवाना

काठमाडौं । राष्ट्रिय सूचना आयोगले नागरिकले मागेको सूचना नदिने सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना तिराएको छ ।

आयोगको आदेशपश्चात् पनि सूचना दिन बेवास्ता गरेपछि यादवलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सिरहा नगरपालिका– ७ का परशुराम शाहले नगरपालिकामा सूचना माग गरेका थिए। तर, नपाएपछि उनले गत जेठ २३ मा यादवविरुद्ध आयोगमा पुनरावेदन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here