नागरिकता मुद्दामा रवि लामिछाने पराजित, सांसद पद खारेज

फाइलफोटो

काठमाडौं । गृहमन्त्री रवि लामिछाने नागरिकता मुद्दामा पराजित भएका छन् ।

लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री लामिछानेले नेपाली नागरिकता पुनस् प्राप्तिमा प्रक्रिया नपुर्याएकाले उनको उम्मेदवारी तथा सांसद पद खारेज गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here