रविका समर्थकमा नाराबाजीसहित प्रदर्शन, फैसलाको विरोध गर्ने पक्राउ

photo:ronb

काठमाडौं । रवि लामिछानेको सांसद पद खारेज भएको फैसला आए सँगै विरोध प्रदर्शन गरेका २ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

संवैधानिक इजलासले अमेरिकी नागरिक बन्दा निष्क्रिय बनेको नेपाली नागरिकता प्रक्रिया पुरा गरेर सक्रिय नगराएको भन्दै उनको विपक्षमा फैसला आएपछि विरोध भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

रविको नागरिकता निष्क्रिय रहेको अदालतको ठहरसँगै उनी गैर नेपाली नागरिक बनेका छन्। योसँगै उनको सांसद पद र पार्टीको सभापति पद समेत खारेज भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here