एसईई परीक्षा चैत १७ देखि हुने (परीक्षा तालिका)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो ।

तालिका अनुसार चैत १७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here