आजदेखि काठमाडौं महानगरको वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्दैछ ।

पहिलो चरणमा २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट काम शुरु गर्न लागेको हो । संकलनयसअघि तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो ।

यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here