मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखाको गौरीशंकर र बिगु गाउँपालिकाका स्थानीयका बासीकालागि ७ करोड ६० लाख रुपैयाँ बराबरको र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

सोमध्ये अति प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का बासिन्दाका लागि ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र बिगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता सेयर छुट्याइएको छ ।

त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि १ करोड ५२ लाख रुपैयाँ बराबरको १ लाख ५२ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले कम्पनीको आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here