फेरि उकालो लाग्यो सुनको मूल्य, प्रतितोला १ लाख ६ हजार रुपैयाँ

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई सयले बढेर एक लाख ६ हजार रुपैयाँ पुगेको हो।

शुक्रबार तोलामा एक लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार तेजाबी सुनको मूल्य एक लाख ५ हजार ५०० छ भने चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ रहेको छ। यसअघि शुक्रबार चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here