क्यान अध्यक्षसहित ५ जना पदाधिकारीको राजीनामा माग

काठमाडौं । क्रिकेट संघ(क्यान)का ७ जना केन्द्रिय सदस्यले नेपाल टी २० लिगमा गरेको गल्तीका कारण नेतृत्व तह र कार्यसम्पादन समिति पूर्ण जिम्मेवारी बहन गरेर अध्यक्षसहित ५ जनाले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजीनामा दिनुपर्ने उनिहरुको दाबी छ ।

राजीनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।

अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here