काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन, सुमन सायमी पनि सहभागी

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले काठमाडौं महानगरपालिकाले जथाभावी डोजर आतंक मच्चाएको भन्दै मेयर बालेन साहको कामको विरोध गरेका छन् । आइतबार माइतीघरमा भेला भएर कामपा र प्रमुख बालेनविरुद्ध नारावाजीसमेत गरे ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् । महानगरले अवैध संरचना हटाउने तथा सडक व्यापारलाई निषेध गर्ने अभियान नै चलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here