रवि लामिछानेले फिर्ता गरे निष्क्रिय नागरिकताबाट बनाएको राहदानी

काठमाडौं । नागरिकता पुनः प्राप्ति गरेपछि रवि लामिछानेले निष्क्रिय नागरिकताबाट बनेको राहदानी फिर्ता गरेका छन् ।

आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर राहदानी फिर्ता गरेका हुन् । झुठा विवरण पेस गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको छ।

नेपाल नेगरिकता ऐन, २०६३ ले नेपालमा दोहोरो नागरिकता लिन प्रतिबन्ध लगाएको छ । कुनै विदेशीले झूटो विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेमा निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा २१ को को उपदफा १ मा विदेशी नागरिकले झूठो विवरण दिई नागरिकता लिएमा वा प्राप्त गरेमा हुने सजायबारे उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here